शुक्रवार, भाद्र २६ गते २०८३

सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

रोदिक खबर

२८, फाल्गुण २०७९
  • 3.0K
    SHARES
  • सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

    सिन्धुली । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् ।

    घटनामा २९ जना घाइते भएको प्रारम्भिक विवरण आएको र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन् । बसमा ३४ जना यात्रु रहेको जनाइएको छ ।

    सिन्धुली प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालका अनुसार सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक आकलन छ । दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । मेसिन लगाएर दुर्घटना भएको बसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।

    प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - ११:२१:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको