शुक्रवार, भाद्र २६ गते २०८३

आजदेखि घट्यो बैंकहरुको ब्याजदर, कसको कति पुग्यो ?

आजदेखि घट्यो बैंकहरुको ब्याजदर, कसको कति पुग्यो ?

रोदिक खबर

१, चैत्र २०७९
  • 2.2K
    SHARES
  • आजदेखि घट्यो बैंकहरुको ब्याजदर, कसको कति पुग्यो ?

    खोटाङ। वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आजदेखि लागु भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउनेबारे गरेको निर्णय आजदेखि लागु भएको हो ।

    बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् । फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

    बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् । नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् ।

    स्ट्यान्डर्ड चार्टर्डको ब्याजदर यथावत

    स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर भने यथावत छ । फागुनमा नै स्ट्यान्डर्ड चार्टर्डले बचतमा ६.४२ देखि ७.१५ प्रतिशत ब्याजदर दिएको थियो । चैतमा पनि सोही ब्याजदरलाई निरन्तरता दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले जनाएको छ । यसअघि बचतमा ८.४२ प्रतिशत ब्याजदर दिएका अन्य बैंकले भने त्यसलाई घटाएर ८ प्रतिशत कायम गरेका छन् ।

    बैकहरूले बचतमा दिएको ब्याजदरको तल्लो सीमा र मुद्दती निक्षेपको माथिल्लो सीमा बिचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढीले हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकहरूले सोही सीमाभित्र रहने गरी बचतमा न्युनतम ६ प्रतिशत कायम गरेर मुद्दतीको ११ प्रतिशत ब्याजदर यथावत राखेका हुन् ।

    वाणिज्य बैंकले बचतको मात्रै ब्याजदर घटाए पनि विकास बैंक र वित्त कम्पनीले भने मुद्दतीको ब्याजदर पनि सामान्य घटाएका छन् । विकास बैंकहरूले मुद्दतीको ब्याजदर ११.७५ प्रतिशतबाट ११.६० प्रतिशत कायम गर्दा बचतमा फागुनसम्म ६.७५ देखि ८.७५ प्रतिशत थियो । आज चैत १ गतेदेखि ६.६ देखि ८.६ प्रतिशत कायम भएको छ ।

    वित्त कम्पनीले फागुनमा मुद्दतीमा १२.२० रहेको ब्याजदर चैतमा १२ प्रतिशतमा झारेका छन् । यस्तै बचतको ब्याजदर पनि ८ देखि ९ प्रतिशतबाट घटाएर ७ देखि ९ प्रतिशत कायम गरेका छन् । केही फाइनान्सहरुले बचतको न्युनतम ब्याजदर ८ प्रतिशत नै यथावत राखेका छन् ।

    प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - ११:११:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको