केएफए दिक्तेल मेयर कप अन्तर क्लव आमन्त्रित फुटबलमा नेर्पा स्पोर्टस् क्लब च्याम्पियन

केएफए दिक्तेल मेयर कप अन्तर क्लव आमन्त्रित फुटबलमा नेर्पा स्पोर्टस् क्लब च्याम्पियन

रोदिक खबर

१, चैत्र २०७९
  • 2.3K
    SHARES
  • केएफए दिक्तेल मेयर कप अन्तर क्लव आमन्त्रित फुटबलमा नेर्पा स्पोर्टस् क्लब च्याम्पियन

    खोटाङ । खोटाङको दिक्तेलमा आयोजित केएफए दिक्तेल मेयर कप अन्तर क्लव आमन्त्रित फुटबल प्रतियोगीता २०७९ चौथो संस्करणमा नेर्पा स्पोर्टस् क्लब नेर्पा च्याम्पियन बनेको छ । दिक्तेलको माटिकोरे खेलमैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा माटिकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३–१ गोल अन्तरले पछि पार्दै नेर्पा स्पोर्टस् क्लब च्याम्पियन बनेको हो ।

    प्रतियोगीताको विजेता नेर्पा स्पोर्टस् क्लबले नगद एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाण–पत्र तथा उपविजेता माटिकोरे सामाजिक सेवा समाजले नगद ६२ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख प्रायोजन एबं खोटाङ जिल्ला फुटबल संघको संरक्षकत्वमा खोटाङ फुटबल एकेडेमी (केएफए) ले फुटबल प्रतियोगीता आयोजना गरेको हो ।

    प्रतियोगीतामा उत्कृष्ट खेलाडीको उपाधि माटिकोरे सामाजिक सेवा समाजका दीपक खत्री, सर्वाधिक गोलकर्ताको उपाधि नेर्पा स्पोर्टस् क्लबका बिकी राई, उत्कृष्ट किपरको उपाधि माटिकोरे सामाजिक सेवाकै नवीन पोखरेल र उदीयमान खेलाडीको उपाधि आयोजक केएफएका रोहन परियारले प्राप्त गरेका छन् ।

    उनीहरुले जनही पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाण–पत्र प्राप्त गरेका छन् । फागुन २७ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालित प्रतियोगीताका विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विशन राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राई लगायतले नगद तथा पुरस्कार हस्तान्तरण गरेका थिए । 

    प्रतियोगितामा जिल्ला आठ क्लबले प्रतिष्पर्धा गरेको आयोजक एकेडेमीले जनाएको छ । २०७३ सालमा स्थापना गरिएको केएफएले २०७४, २०७७ र २०७८ सालमा क्लव स्तरिय फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - १२:२४:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको