• ट्रेण्डिङ:

वडा कार्यालय भवन उद्घाटन 

वडा कार्यालय भवन उद्घाटन 

रोदिक खबर

४, चैत्र २०७९
  • 2.0K
    SHARES
  • वडा कार्यालय भवन उद्घाटन 

    खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा संघीय सरकारबाट विनियोजित ५२ लाखको लागतमा निर्माण गरिएको भवन शुक्रबार उद्घाटन गरिएको हो ।

    मोहन एण्ड पोखरी जेभीले निर्माण गरेको वडा कार्यालय भवन गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । वडा कार्यालय भवन उद्घाटनका क्रममा वडाका उत्कृष्ट बुहारी, विद्यार्थी, कृषक, शिक्षक, अभिभावक, उद्यमी, व्यवसायी, सिकर्मी, डकर्मी, असहाय र उपभोक्ता समितिलाई सम्मान गरिएको वडा सचिव शेरबहादुर दाहालले बताए ।

    दुवेकोलका साविकका नौ वटै वडाका नौ जना उत्कृष्ट बुहारीलाई प्रेसर कुकर, सबैभन्दा बढी धान, कोदो, मकै फलफूल र तरकारी फलाउने कृषकलाई १६ लिटरको एस्प्रे, उत्कृष्ट बाख्रा पालक एक जना कृषकलाई घाँस काटने एक थान सिकेचर प्रदान गरिएको छ ।

    यस्तै,उत्कृष्ट टेलर सञ्चालन गर्नेलाई आइरन, कैची, उत्कृष्ट सिकर्मीलाई प्लेन्जर, उत्कृष्ट डकर्मीलाई मार्वल कटर, उत्कृष्ट छालाको काम गर्नेलाई नगद पाँच हजार, उत्कृष्ट स्वास्थ्यकर्मीलाई नगद पाँच हजार, उत्कृष्ट स्वास्थ्य महिला स्वयं सेविकालाई राईस कुकर प्रदान गरिएको वडा सचिव दाहालले बताए ।

    उत्कृष्ट फलामको काम गर्नेलाई आरन, वडाभित्रका तीन वटा विद्यालयका उत्कृष्ट अभिभावकलाई राइस कुकर, वडाभित्र सञ्चालित तीन वटा विद्यालयका शिक्षकलाई नगद पाँच हजार र उत्कृष्ट उपभोक्ता समितिलाई नगद १० सहित सम्मान पत्रको साथमा सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

    वडा कार्यालयले २०७९ सालको पहिलो त्रैमासिक र दोस्रो त्रैमासिक परीक्षामा कक्षा प्रथम, द्वितीय र तृतीय हुने गंगोदय मावि दुवेकोलका ३० जना, कालीका आवि चिण्डेभदौरेका २४ जना र खेती आवि ठूलोबरका ९ जना विद्यार्थीलाई कापी र डटपेन वितरण गरिएको गरेको छ । यस्तै, वडाका दुई जना असहायलाई पाठा सहितको बाख्रा वितरण गरिएको छ ।

    वडाअध्यक्ष मनकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङ, प्रमुख प्रशासकीय अधिकृत दिनेश राई लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - ०९:१५:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको