• ट्रेण्डिङ:

 खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थिक सहयोग

 खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थिक सहयोग

रोदिक खबर

४, चैत्र २०७९
  • 3.4K
    SHARES
  •  खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थिक सहयोग

    खोटाङ । नेवाः देय् दबु संस्थाले खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । विभिन्न समयमा घर आगलागि भएका ६ परिवारलाई संस्थाले शनिबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरी आर्थिक सहयोग गरेको हो ।

    गत पुस ४ गते केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागि हुँदा घर पूर्णरुपमा क्षति भएका पवन श्रेष्ठको परिवारलाई तथा  पुस ९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा घर आगलागि हुँदा घर पूर्णरुपमा क्षति भएका धनकुमारी श्रेष्ठ, मैया श्रेष्ठ र नविन श्रेष्ठको परिवारलाई प्रतिघर १८ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

    यस्तै, केही दिन अघि गत फागुन २७ गते घर आगलागि भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका कुमार श्रेष्ठ र शुबिन श्रेष्ठको परिवारलाई प्रतिघर २२ हजार २५० नगद सहयोग गरिएको नेवाः देय् दबु खोटाङका सचिव गोपाल श्रेष्ठले बताए। 

    नेवाः देय् दबु कोशी प्रदेश समितिको १ लाख र सोल्मा सामाजिक गुठीको १५ हजार सहयोगमा अग्नि पीडितलाई परिवारलाई सहयोग गरिएको श्रेष्ठको भनाइ छ ।

    नेवाः देय् दबु खोटाङका अध्यक्ष नुरकाजी सैंजुको अध्यक्षतामा भएको आर्थिक सहयोग कार्यक्रममा कोशी प्रदेशका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद श्रेष्ठ, प्रदेश सदस्य भिमकला श्रेष्ठसँगै जिल्ला कार्य समितिका पदाधिकारी, विभिन्न संस्था, गुठी तथा टोल सुधार समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - १८:३५:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको