• ट्रेण्डिङ:

हलेसी तुवाचुङका कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

हलेसी तुवाचुङका कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

रोदिक खबर

७, चैत्र २०७९
  • 2.5K
    SHARES
  • हलेसी तुवाचुङका  कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँहरुमा मादक पदार्थ सेवन (मापसे) परिक्षण गर्ने भएको छ । शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगिहरुले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परिक्षण गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताइन्।

     
    मंगलबार बसेको नगर कार्यापालिकाको बैठकलले ब्रेथलाइजरबाट मापसे परिक्षण गर्ने मेशिन खरिद गर्ने निर्णय गरेको छ । नगरपालिकाले ७ वटा मेशिन खरिद गरेर नगरभित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा दिने निर्णय गरिएको नगरप्रमुख राईले बताइन् ।

    ‘केही विद्यालयमा शिक्षकहरु मापसे गरेर विद्यालय आउने गरेको गुनासो आएको छ । स्वास्थ चौकीमा केही स्वास्थ्यकर्मी पनि मापसे गरेर आउने गरेका रहेछन् । अझ वडा कार्यालयमा समेत सहयोगी कर्मचारीहरु मापासे गरेर कार्यालय नै नियमित नआएने गरेको गुनासो आएपछि हामीले अब मापसे परिक्षण गर्ने निर्णय गरेका छौँ ।’ नगरप्रमुख राईले भनिन् ।

    यस्तै, सार्वजनिक ठाउँहरुमा प्राय मापसे गरेर झगडा हुने गरेकाले त्यसको रोकथामका लागि पनि मेशिन खरिद गर्न लागिएको उनको भनाइ छ । कतै झगडा भएमा या कार्यालयहरुमा कोही मापसे गरेर आएको थाहा पाएमा तत्काल नजिकैको प्रहरी चौकीबाट प्रहरी खटिएर मापसे परिक्षण गर्नेछ ।

    यदि मापसे गरेको पाइएमा आवश्यक कारबाही अघि बढाइने नगरप्रमुख राईले बताइन्। नगरपालिकाले मेशिन खरिद गरे पश्चात मापसे परिक्षणका लागि प्रहरीले मुख सुँघ्नुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।

    प्रकाशित मिति :चैत्र ७, २०७९ मंगलवार - २१:४१:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको