• ट्रेण्डिङ:

च्यास्मिटार-डिकुवा- कुर्लेघाट-सडक शिलान्यास 

च्यास्मिटार-डिकुवा- कुर्लेघाट-सडक शिलान्यास 

रोदिक खबर

१४, चैत्र २०७९
  • 2.4K
    SHARES
  • च्यास्मिटार-डिकुवा- कुर्लेघाट-सडक शिलान्यास 

    खोटाङ ।खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मिटार-डिकुवा- कुर्लेघाट-सडक शिलान्यास   गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साँढे १० किलोमिटर सडक कालोपत्रे गर्ने गरी सोमबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले शिलान्यास गरेकी हुन् । 

    सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा तीन वर्षमा सक्नेगरी फेवा पोखरा कन्स्ट्रक्सनले २०७९ माघ २० गते सडकको ठेक्का सम्झौता गरेको छ ।

    कालोपत्रे सडक ड्रेन सहित नौ मिटर चौडा हुने निर्माण कम्पनीले जनाएको छ । च्यास्मिटार-डिकुवा- कुर्लेघाट-सडक  नगरपालिकाभित्रको कालोपत्रे गर्न लागिएको पहिलो शाखा सडक भएको नगरप्रमुख बिमला राईले बताइन् । यस कारण यस सडक कालोपत्रे योजनालाई उत्साह र महत्वका साथ हेरिएको छ ।

    sa.jpg

    प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - ०६:१३:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको