• ट्रेण्डिङ:

दिक्तेलबजारमा जेब्रा क्रसिङ साइन राख्न सुरु

दिक्तेलबजारमा जेब्रा क्रसिङ साइन राख्न सुरु

रोदिक खबर

२१, चैत्र २०७९
  • 1.7K
    SHARES
  • खोटाङ । खोटाङमा  दिक्तेलबजारमा जेब्रा क्रसिङ साईन राख्न सुरु गरिएको छ । सडक दुर्घट्ना न्युनिकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिनियोजन गरेको नौ लाख ९३ हजार ८०७ रुपैयाँ मध्ये एक लाखमा दिक्तेलबजारका विभिन्न स्थानमा जेब्रा क्रसिङ साईन राख्न सुरु गरिएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङ र दिक्तेलका वडाध्यक्ष नवराज राईले सोमबार ब्रसले सडकमा रंग हालेर जेब्रा क्रसिङ साईन राख्ने काम उद्घाटन गरेका छन् ।

    दिक्तेलको किरातचोकस्थित मध्यपहाडी लोकमार्गदेखि बेस क्याम्प (सरस्वती माबि) बीचको वारपार अधिक हुने सडकको बिभिन्न १० स्थानमा जेब्रा क्रसिङ साईन राखिने नगरपालिकाले जनाएको छ ।यस्तै, दिक्तेलबजारका १६ स्थानमा स्पीड ब्रेकर राख्ने काम सुरु गरिएको छ । बजारमा बाईक तथा अन्य सवारी साधन तिव्र गतिमा गुडाउँदा दुर्घटनाको जोखिम बढेकाले स्पीड ब्रेकर राख्न सुरु गरिएको हो ।

    बिशेषगरी बजारमा बाईक तिव्र गतिमा कुदाउने गरिएको छ । तर, कतिपय स्थानीयले घर अगाडि स्पीड ब्रेकर राख्न अस्वीकार गरेकाले कम्तीमा १० स्थानमा मात्र स्पीड ब्रेकर राखिने कामको जिम्मा लिएका सजिव निर्माण सेवाका प्रतिनिधि श्याम पौडेलले बताए । सोही बजेटबाट दिक्तेलकै अल्छेढुंगा अस्पताल चोक सडक खण्डको कुमारी हल नजिकै ६ मिटर कजवे ढलान गरिनेछ ।

    सडक दुर्घट्नाको जोखिम न्युनीकरणका लागि केही समयपछि जेब्रा क्रसिङ साईनको उपयोगीता र प्रयोगका बारेमा फिल्डमै प्रशिक्षण सञ्चालन गरिने प्रनाउ मुकारुङले बताए । प्रहरीले केही समयअघि यात्रु बाहक सवारी साधनका चालक र सहचालकलाई सवारी दुर्घटना न्युनीकरण सम्वन्धी तीन दिने प्रशिक्षण दिएको थियो ।

    प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - ११:४४:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको