• ट्रेण्डिङ:

वडा कार्यालयको भवन शिलान्यास 

वडा कार्यालयको भवन शिलान्यास 

रोदिक खबर

२८, चैत्र २०७९
  • 2.1K
    SHARES
  • वडा कार्यालयको भवन शिलान्यास 

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालयको भवन शिलान्यास गरिएको छ । हालसम्म कच्ची भवनबाट कामकाज सञ्चालन हुँदै आएको च्यास्मीटार वडा कार्यालयको पक्की भवन निर्माण गर्न लागिएको हो ।

    वडा कार्यालयको एक तले आरसिसि भवन सोमबार किराती सँस्कार अनुसार नछुङको उपस्थितिमा नगप्रमुख बिमला राई र उपप्रमुख रमेश राउतले शिलान्यास गरेका छन् । चालु आर्थिक वर्ष नगरपालिकाबाट विनियोजित बजेटबाट ओजास निर्माण सेवा ललितपुरले भवन निर्माणको ठेक्का लिएको वडाध्यक्ष भुपालसिं राईले बताए ।

    हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र च्यास्मीटारको वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष एकमुष्ट एक करोड नौ लाख ७९ हजार बिनियोजन गरेको छ ।

    यस्तै, ५४ लाख ९८ हजारमा सम्पन्न गर्नेगरी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको दुई तले आरसिसि भवन निर्माणको ठेक्का ब्रोदर्स युनाइटेट कन्ट्रक्सन निर्माण कम्पनीले लिएको छ ।

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १२:४९:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको