• ट्रेण्डिङ:

पत्रकार दमन राई र आँखा उपचार केन्द्र खोटाङका प्रमुख श्रेष्ठ सम्मानित 

पत्रकार दमन राई र आँखा उपचार केन्द्र खोटाङका प्रमुख श्रेष्ठ सम्मानित 

रोदिक खबर

२९, चैत्र २०७९
  • 12.1K
    SHARES
  • पत्रकार दमन राई र आँखा उपचार केन्द्र खोटाङका प्रमुख श्रेष्ठ सम्मानित 

    खोटाङ । लामो समयदेखि मोफसललाई कर्मथलो बनाएर पत्रकारिता क्षेत्रमा सक्रिय  पत्रकार दमन राई सम्मानित भएका छन्। नेपाल नेत्र ज्योति संघ खोटाङको पाचौँ जिल्ला सभा तथा अधिवेशनको अवसरमा बुधबार संघले पत्रकार राईलाई सम्मान गरेको हो ।    
    पत्रकार राईलाई कार्यक्रमका प्रमुख अतिथि तथा संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द,  प्रदेश सभापति एवं केन्द्रिय उपाध्यक्ष श्याम सुन्दर उदाशले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन । जिल्लाको आँखा सेवाका महत्वपूर्ण पक्षलाई उजागर गर्ने समाचारलाई स्थानीय देखि अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन खेलेको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङकन गर्दै पत्रकार राईलाई सम्मान गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताए ।  

    २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल राई हाल नेपाल वाइड डटकमको सम्पादकसँगै, ग्यालेक्सी फोरके टेलिभिजन र हिमाल खबरकामा आवद्ध रहेका छन् । पत्रकार राई नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष समेत हुन् ।  

    यसैबिच, नेपाल नेत्र ज्योति संघ खोटाङले आँखा उपचार केन्द्र प्रमुख हरिहर श्रेष्ठलाई पनि सम्मान गरेको छ । आँखा उपचारमा पु¥याएको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङकन गर्दै श्रेष्ठलाई सम्मान गरिएको संघ सभापति कसजुले बताए ।

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २०:२८:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको