• ट्रेण्डिङ:

नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः इन्द्र कसजु निर्वाचित 

नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः इन्द्र कसजु निर्वाचित 

रोदिक खबर

२९, चैत्र २०७९
  • 2.1K
    SHARES
  • नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः इन्द्र कसजु निर्वाचित 

    खोटाङ । नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा इन्द्र कसजु निर्वाचित भएका छन्। बुधबार सम्पन्न संघको पाचौँ जिल्ला सभा तथा अधिवेशनबाट कसजु सभापतिमा पुनः सर्वसम्मत निर्वाचित भएका हुन्। जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले कसजुको नेतृत्वमा १३ सदस्य नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

    सदस्यहरुमा सनमान खड्का, कमलप्रसाद आचार्य, रेखा राई, गीता शंकर, विन्दा बस्नेत (थापा), प्रेमकुमार श्रेष्ठ, मणिशोभा राई, लक्ष्मीदास श्रेष्ठ, यादव श्रेष्ठ, पुष्पा राई र लेखबहादुर खड्का (विनोद) सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत एवं संघका प्रदेश सभापति श्याम सुन्दर उदाशले जानकारी दिए। 

    eye1.jpg

    यसैबिच, जिल्ला सभा तथा अधिवेशनको अवसरमा नेत्र ज्योति संघ खोटाङले पत्रकार दमन राई र आँखा उपचार केन्द्रका प्रमुख हरिहर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको छ ।

    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २०:५४:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको