• ट्रेण्डिङ:

शिक्षकको तलव सिधै खातामा जम्मा गर्ने व्यवस्था  कार्यान्यवन

शिक्षकको तलव सिधै खातामा जम्मा गर्ने व्यवस्था  कार्यान्यवन

रोदिक खबर

४, बैशाख २०८०
  • 2.5K
    SHARES
  • शिक्षकको तलव सिधै खातामा जम्मा गर्ने व्यवस्था  कार्यान्यवन

    खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले शिक्षकको तलव सिधै खातामा हाल्दिने व्यवस्था कार्यान्यवनमा ल्याएको छ । यसअघिसम्म सम्वन्धित विद्यालयको खातामा शिक्षकको तलव जम्मा गरि दिँदै आएको गाउँपालिकाले शिक्षकको तलव मासिक रुपमा सिधै खातामा निकासा दिन थालेको हो ।

    तलव वितरणलाई पारदर्शी र जवाफदेही बनाउनका लागि गत माघदेखि सूत्रमार्फत शिक्षकलाई सिधै खातामा तलव हालिदिने व्यवस्था कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका लेखा प्रमुख पंकज आचार्यले बताए । तलवी बिवरणलाई सूत्र मार्फत कार्यान्वयन गर्ने पालिका प्रदेशमै ऐसेलुखर्क गाउँपालिका र इलामको सुर्योद्धय नगरपालिका मात्र रहेको दावी गरिएको छ ।                           
    यसअघि शिक्षकको तलव सम्वन्धित विद्यालयको खातामा जम्मा गर्ने र विद्यालयले सम्वन्धित शिक्षकको खातामा जम्मा गरिदिने व्यवस्था थियो । तलवका लागि विद्यालयका प्रअ गाउँपालिका पुग्नुपर्ने, प्रअले विद्यालय छाड्दा प्रशासन र पठनपाठनमा असर पुग्ने र कतिपय प्रअले भनेकोबेला शिक्षकको तलव जम्मा नगरिदिने समस्या हल गर्नका लागि सिधै शिक्षकको खातामा तलव निकासा दिन थालिएको हो । गाउँपालिकामा करिब दुई सयको हाराहारीमा शिक्षक कार्यरत छन् ।

    गाउँपालिकाले सिधै शिक्षकको खातामा तलव जम्मा गर्न थालेपछि प्रअको समय बचत भएको छ भने गाउँपालिका धाउने समयलाई विद्यालयको शैक्षिक क्रियाकलापमा खर्च गर्ने वातावरण बनेको आचार्यले बताए । छिटो र छरितो काम हुन्छ । शिक्षकको ग्रेड वृद्धि वारे थाहा हुन्छ ।

    कर कट्टी कति गर्नुपर्ने भन्ने थाहा हुन्छ, शिक्षकको अवकाश मिति थाहा हुन्छ, आचार्यले भने, कतिपय प्रअले चाररपाँच दिनसम्म शिक्षकलाई तलव दिएन भन्ने गुनासो सुनिन्थ्यो । अव तलवका लागि प्रअले पालिका धाइरहनुपर्दैन । त्यो समयलाई प्रअले पनि पठनपाठनमा उपयोग गर्न सक्नुहुन्छ ।

    २०७६ सालदेखि सूत्रकार्यान्वयनमा ल्याएको गाउँपालिकाले २०७९ सालबाट चेकको सट्टा इएफटी (इलेक्ट्रोनिक्स फण्ड ट्रान्सफर) कार्यान्वयनमा ल्याएको जनाएको छ । चेकलाई विस्थापित गर्दै रियल टाईम, रियल एक्स्पेन्डीचरभन्ने नारालाई कार्यान्वयनमा ल्याइएको आचार्यले बताए ।

    प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - २०:३९:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको