• ट्रेण्डिङ:

खोटाङमा पहिचान पक्षधर समुहले ‘कोशी प्रदेश’ लेखेको क्यालेण्डर जलायो

खोटाङमा पहिचान पक्षधर समुहले ‘कोशी प्रदेश’ लेखेको क्यालेण्डर जलायो

रोदिक खबर

५, बैशाख २०८०
  • 18.4K
    SHARES
  • खोटाङमा पहिचान पक्षधर समुहले  ‘कोशी प्रदेश’  लेखेको क्यालेण्डर जलायो

    खोटाङ । खोटाङमा पहिचान पक्षधरहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ‘कोशी प्रदेश’ लेखिएको क्यालेण्डर जलाएको छ । नगरपालिकाको कार्यालयको मूख्यद्धार अगाडी मंगलबार दिउँसो २ बजे करीव २०० थान कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाईदिएको हो ।

    २६ चैतमामा ज्येष्ठ अगुवा पर्खन बहादुर राईको अध्यक्षतमा बसेको बैठकले कोशी प्रदेश खारेजीको आन्दोलन चर्काउन युगसन किरातको संयोजकत्वमा पुनःनामाङ्कन संघर्ष समिति र ६ वटा उपसमिति गठन गरेको थियो । ६ वटा उपसमिति अन्तर्गतको युवा परिचालन समितिले नगरपालिकाको सचिवालयमा राखेको अवस्थामा राखेको क्यालेण्डर निकालेर जलाईदिएको हो । 

    २७ चैतमा उपप्रमुख विसन राई र प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई पुनः नामाङ्कन संघर्ष समितिले ज्ञापन पत्र बुझाउँदै छाप, लेटरप्याड तथा नगरबाट निस्कने दस्तावेजहरुमा कोशी प्रदेश नलेख्न आग्रह गर्दागर्दै झुक्याएर क्यालेण्डरमा कोशी प्रदेश लेखेको पाइएपछि जलाईएको युवा परिचालन समिति संयोजक निर्मल राईले बताए।

    क्यालेण्डर जलाएपछि पहिचान पक्षधर समुहहरुले कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा किरात प्रदेश घोषणा गर जस्ता नाराबाजी गरेका थिए । नगरपालिकाले विभिन्न सूचना तथा सन्देशमूलक जानकारी राखेर नयाँ वर्ष २०८० को क्यालेण्डर प्रकाशन गरेको थियो ।

    प्रकाशित मिति :बैशाख ५, २०८० मंगलवार - १५:५९:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको