• ट्रेण्डिङ:

रावावेशीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, शिविरको पहिलो दिन ५११ जनाले लिए सेवा

रावावेशीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, शिविरको पहिलो दिन ५११ जनाले लिए सेवा

रोदिक खबर

६, बैशाख २०८०
  • 2.2K
    SHARES
  • रावावेशीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, शिविरको पहिलो दिन ५११ जनाले लिए सेवा

    खोटाङ । खोटाङको रावावेशी गाउँपालिकाको आयोजना तथा काठमाण्डौ मेडिकल कलेज काठमाण्डौको प्राविधिक सहयोगमा सुरु भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ५सय ११ जना नागरिकले विभिन्न किसिम स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको केन्द्र हरमटारमा बुधबार भएको स्वास्थ्य शिविरको पहिलो दिन गाउँपालिकाको विभिन्न भूगोलबाट आएका महिला, ज्येष्ठ नागरिक, बालबालिका, युवायुवती गरी  ५ सय ११ जनाले सेवा लिएका हुन् ।

    2.jpg

    रावा बेसी गाउँपालिकाका सबै भूगोलसँगै छिमेकी पालिका ऐँसेलुखर्क गाउँपालिकाका नागरिकले समेत शिविरमा स्वास्थ्य सेवा लिएका छन् ।  स्वास्थ्य शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानशिक तथा नशा रोग, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, मिर्गौला रोग, मुटु रोगसहित १५ किसिमको रोगको उपचार तथा पहिचान गरिएको छ ।

    शिविरका लागि काठमाण्डौ मेडिकल कलेजबाट २६ जना चिकित्सकको टोली हरमटारमा आएका छन् । शिविरमा स्वास्थ्य जाँच तथा उपचारका लागि आएका नागरिकलाई गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको सहयोगमा काठमाण्डौ मेडिकल कलेजका चिकित्सकहरुले परीक्षण तथा उपचार गरेका छन् । शिविरमा आवश्यकपर्ने औषधिको गाउँपालिकाले व्यवस्थापन गरेको छ ।

    सामान्य रोगको शिविरमै औषधी उपचार गरिएको र जटिल रोग देखा परेकाहरुलाई काठमाण्डौं मेडिकल कलेजमा शल्यक्रिया सहितको निःशूल्क उपचार गर्ने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । काठमाडौं लगेर उपचार गर्नुपर्ने जटिल रोगहरु पहिचान भएकाहरुको अध्ययन चिकित्सकको टोलीले गरिरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ

    3.jpg

    ‘शिविर भन्नाले सबै रोग यहि निको हुन्छ भनेर बुझ्नु हुँदैन, यहाँ परिक्षण मात्र गरिएको हो । सामान्य रोग देखिनेहरुको यहि उपचार गरिएको छ ।’ उनले भने, ‘अब जटिल रोग देखिएकाहरुको काठमाण्डौं मेडिकल कलेजमा निःशूल्क उपचार हुन्छ ।’ त्यसका लागि आर्थिक अवश्था कमजोर भएका बिरामीलाई आवतजावत खर्च गाउँपालिकाले व्यहोर्नेछ । आफ्नै गाउँठाउँमा सबै किसिमका स्वास्थ्य सेवा पाएपछि नागरिकहरु हर्षित देखिएका छन् ।

     

    प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - १९:२०:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको