बिहिवार, कार्तिक १३ गते २०८३

केपिलासगढी गाउँपालिकाले २५ जना खेलाडीलाई जनही पाँच हजार नगदसहित सम्मान पत्र प्रदान

केपिलासगढी गाउँपालिकाले २५ जना खेलाडीलाई जनही पाँच हजार नगदसहित सम्मान पत्र प्रदान

रोदिक खबर

९, बैशाख २०८०
  • 2.5K
    SHARES
  • केपिलासगढी गाउँपालिकाले २५ जना खेलाडीलाई जनही पाँच हजार नगदसहित सम्मान पत्र प्रदान

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा सहभागी २५ जना खेलाडीहरुलाई ५ बैशाखमा गाउँपालिकामा कार्यक्रम गरी जनही पाँच हजार र सम्मान पत्र प्रदान गरेको हो ।

    जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण, १० रजत र १३ काश्य पदक जितेर केपिलासगढी गाउँपालिका प्रथम भएको थियो । खेलाडीहरुको प्रोत्साहनका लागि नगद पुरस्कार दिईएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । २८ चैतदेखि १ बैशाखसम्म १३ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय छनौट प्रतियोगिता दिक्तेलमा भएको थियो ।

    प्रकाशित मिति :बैशाख ९, २०८० शनिवार - ११:१०:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको