केपिलासगढी गाउँपालिकाले २५ जना खेलाडीलाई जनही पाँच हजार नगदसहित सम्मान पत्र प्रदान

केपिलासगढी गाउँपालिकाले २५ जना खेलाडीलाई जनही पाँच हजार नगदसहित सम्मान पत्र प्रदान

रोदिक खबर

९, बैशाख २०८०
  • 2.5K
    SHARES
  • केपिलासगढी गाउँपालिकाले २५ जना खेलाडीलाई जनही पाँच हजार नगदसहित सम्मान पत्र प्रदान

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा सहभागी २५ जना खेलाडीहरुलाई ५ बैशाखमा गाउँपालिकामा कार्यक्रम गरी जनही पाँच हजार र सम्मान पत्र प्रदान गरेको हो ।

    जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण, १० रजत र १३ काश्य पदक जितेर केपिलासगढी गाउँपालिका प्रथम भएको थियो । खेलाडीहरुको प्रोत्साहनका लागि नगद पुरस्कार दिईएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । २८ चैतदेखि १ बैशाखसम्म १३ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय छनौट प्रतियोगिता दिक्तेलमा भएको थियो ।

    प्रकाशित मिति :बैशाख ९, २०८० शनिवार - ११:१०:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको