• ट्रेण्डिङ:

दिप्रुङ चुइचुम्मा गाउँपालिकाकोे पालिका गान विमोचन तथा सार्वजनिकीकरण

दिप्रुङ चुइचुम्मा गाउँपालिकाकोे पालिका गान विमोचन तथा सार्वजनिकीकरण

रोदिक खबर

११, बैशाख २०८०
  • 2.3K
    SHARES
  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाकोे पालिका गान विमोचन तथा सार्वजनिकीकरण

    खोटाङको दिप्रुङ चुइचुइम्मा गाउँपालिकाले पालिका गान विमोचन तथा सार्वजनिकिकरण गरेको छ ।  गाउँपालिकाको साझा भावना एवं साझा परिचयलाई मुखरित गर्न निर्माण गरिएको बीरहरुका सन्तान हामी हिम्मतिलो नेपाली, बहुल जाती बहुल भाषी दिप्रङ चुइचुम्माली बोलको पालिका गान आइतबार गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बिमोचन गरेका छन् ।

    गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन २ को फाइनल अडिसनको अवसर पारेर रिमोट प्ले गरेर बजाएर गाउँपालिका गान विमोचन तथा सार्वजनिकीकरण गरिएको हो । 

    गाउँपालिका तथा गाउँपालिकाभित्र आयोजना हुने हरेक कार्यक्रमको सुरुमा बजाउने गरी पालिका गान तयार पारिएको गाउँपालिकाका सूचना अधिकारी पिएस्पी चाम्लिङले बताए ।

    गाउँपालिकाले रचना उपलव्ध गराउन आव्हान गर्दा श्रष्टा गोपालचन्द्र राईको गीत पालिका गानका लागि छनौटमा परेको थियो । बिजय राई (तोरेम्पा हाङ) को संगीत रहेको पालिका गानमा रुपकुमार राई, सबिता बस्नेत, रोशन राई पालुवा स्टार, कला राई, लोकेश राई, अर्जुना राई, मनिता राई, निश्चल राई, केबी राई, रोहित राई, गजेन्द्र राई, उटन राई, कबिन राई, सृजना राई, गण्डकी राई र प्रबृत्ति राईको स्वर रहेको छ ।

    पालिका गान निर्माणका लागि गाउँपालिकाले रुपकुमार राई संयोजक, बिजय राई (तोरेम्पा हाङ) र मनिता राई सदस्य रहेको निर्माण समिति बनाएको थियो । पालिका गानका लागि उपलव्ध रचनामध्ये सुवास पराजुलीको रचना दोश्रो, ओमसरा राईको रचना तेश्रो तथा नरेन्द्र राई निर्विकार र बिजय राईको रचना सान्त्वना भएको थियो ।

    २०७९ जेठ १९ गते बसेको कार्यापालिकाको बैठकको निर्णय अनुशार प्रथम स्थान प्राप्त रचनालाई पालिका गान बनाउनेगरी गाउँपालिकाले २०७९ जेठ २० गते पालिका गान लेखन सम्वन्धी सूचना प्रकाशित गर्दै रचना माग गरेको थियो । विमोचन कार्यक्रममा पालिका गान तयार पार्नेक्रममा विभिन्न विद्यामा योगदान पुर्याउने श्रष्टाहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - १०:४२:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको