खोटाङ । खोटाङ हलेसी सेवा समाज काठमाडौंले नयाँ वर्ष २०८० को अवसरमा क्यालेण्डर (भित्तेपात्तो) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । समाजले शनिवार सलम्बुदेव मन्दिर साँखु काठमाडौंमा नयाँ वर्षको शुभकामना आदान प्रदान, भित्तेपात्रो विमोचन तथा वनभोज कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
खोटाङबाट काठमाडौं गई बसोवास गरिरहेका व्यक्तिहरुको साझा चौतारीको रुपमा रहेको समाजले गर्ने यस्ता खाले कार्यक्रमले समाजप्रति अपनत्व बढाउनुको साथै यो जहिले पनि समाजसँगै भएको भावना जगाउने माध्यम बनेको कार्यक्रमका वक्ताहरुले उल्लेख गरे । समाजले अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग र सबैसँग हातेमालो गरेर सकारात्मक चिन्तनका साथ अघि बढ्नुपर्नेेमा वक्ताहरुले जोड दिएका थिए ।
सस्थाका अध्यक्ष इन्दा थापाको अध्यक्षमा भएको कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामकुमार राई, प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, संविधानसभा सदस्य हिरा गुरुङ, प्रदेश सभा सदस्य भुपेन्द्र राई, नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राई, उपसचिव कृष्णबहादुर कटुवाल, जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई, बरिष्ठ प्रहरी उपरीक्षकद्वय मिलन केसी र शम्भु कटुवाल, उपसचिव रेवती पराजुली,युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश तिवारी, पूर्व प्रशासकहरु, पूर्व जनप्रतिनिधिहरु, समाजका सल्लाहकारहरु लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमका अवशरमा जनप्रतिनिधिहरुलाई सम्मान, नयाँ सदस्यीयता वितरण, म्युजिकल चियर अन्तर्गत महिला÷पुरुष र बच्चा समुहमा खेल खेल्ने लगायतका कार्यक्रमहरु गरिएकोे समाजका सदस्य कुमारबाबु बस्नेतले जानकारी दिए ।
