• ट्रेण्डिङ:

विभिन्न कार्यक्रम गर्दै एपिएफ हलेसी गुल्मको १३ औँ स्थापना दिवस मनाइयो

विभिन्न कार्यक्रम गर्दै एपिएफ हलेसी गुल्मको १३ औँ स्थापना दिवस मनाइयो

रोदिक खबर

१२, बैशाख २०८०
  • 2.3K
    SHARES
  • विभिन्न कार्यक्रम गर्दै एपिएफ हलेसी गुल्मको १३ औँ स्थापना दिवस मनाइयो

    खोटाङ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गुल्म हे. क्वा. हलेसी खोटाङको १३ औँ स्थापना दिवस मनाइएको छ । स्थापना भएको अवसरमा गुल्मले मंगलबार १३ औँ स्थापना दिवस मनाएको हो । खोटाङमा सशस्त्र प्रहरीको गुल्म १२ वैशाख २०६७ मा विधिवत रुपमा स्थापना भएको थियो । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित सशस्त्र प्रहरीको गुल्ममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराईको प्रमुख आतिथ्यतामा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पणसँगै केक काटेर गुल्मले आफ्नो स्थापना दिवस मनाएको सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतले जानकारी दिए ।

    sa1.jpg

    स्थापना दिवसको अवसरमा २ उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । आर्थिक  वर्ष २०७९/०८० को हालसम्म उक्त गुल्ममा कार्यरत रही अनुसाशित रुपमा कार्य गर्ने सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश राई र प्रहरी जवान अर्जुन बस्नेतलाई प्रशंसा पत्रले सम्मानित गरिएको गुल्मले जनाएको छ । 

    यस्तै, मासिक रुपमा छनोट भएका प्रहरी जवानहरु नवराज पराजुली र इन्द्र बहादुर कार्कीलाई पुरस्कार प्रदान गरिएको छ । स्थापना दिवसको अवसरमा आयोजित टेबलटेनिस प्रतियोगितामा प्रथम हुने सहायक हवल्दार प्रकाश राई, ब्याटमिटन प्रतियोगितामा प्रथम हुने हवल्दार सोनिम राई र जवान रामभक्त राईलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

    यस्तै, २ माईल दौड प्रतियोगितामा प्रथम हुने जवान दिपक बस्नेत र जवान गिता आचार्य, भलिबल प्रतियोगितामा प्रथम हुने प्रहरी बरिष्ठ हवल्दारहरु दिपेन्द्र अधिकारी र टंक बहादुर राई, हवल्दारहरु सोनिम राई, उमेश खड्का, सहायक हवल्दारहरु अम्बर बहादुर आले र  गणेश कार्कीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको छ । 

    यसैबिच, गुल्मले आफ्नो स्थापना दिवसको अवसरमा शिक्षा तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै सोल्मामा सञ्चालित सुभद्रा मदन फाउण्डेशनलाई सम्मान गरेको छ । सम्मान स्वरुप गुल्मले फाउण्डेशनका कार्यकारी निर्देशक सुर्य बहादुर राईलाई शैक्षिक सामाग्री प्रदान गरिएको गुल्मपति कृष्ण बहादुर बमले बताए ।

    surya.jpg

    कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ उरीक्षक भट्टराईसँगै प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइँ, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह,  गोरखनाथ गण मुडे ब्यारेकका प्रमुख सेनानी सुजन गुरुङ, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङ, राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका प्रमुख श्रीभजन राय,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको थियो ।

    ga.jpg

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १९:०४:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको