खोटाङ । खोटाङको दिक्तेलस्थित दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलले ३१ औं वार्षिकोत्सव अवसरमा दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल तथा समाजसेवी स्वर्गीय इमानसिं राईको प्रतिमा अनावरण गरिएको छ । धातुबाट तयार पारिएको प्रतिमा प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले विद्यालय परिषरमा अनावरण गरेका हुन् ।
नछुङ धनीराम राईले मुन्दुम रित गरेपछि प्रतिमा अनावरण गरिएको हो । विद्यालयले फाइवरबाट बनाइएको इमानसिंको अर्को प्रतिमा भने वडा कार्यालय बाम्राङलाई हस्तान्तरण गरेको छ । सोही कार्यक्रमको अवशरमा दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलको प्याराफिट उद्घाटन गरिएको छ ।
खेलमैदानको भित्तामा करिब २६ लाखको खर्चमा बनाइएको प्याराफिट जिल्ला समन्वय समिति प्रमुख राईले उद्घाटन गरेका हुन् ।विद्यालयको आन्तरिक श्रोतबाट प्याराफिट तयार पारिएको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल लालप्रसाद घिमिरेले बताए ।
यस्तै, दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलले ३१ औं वार्षिकोत्सव मनाउन सुरु गरेको छ । २०४८ सालमा दिक्तेलको माटिकोरेमा स्थापना गरिएको बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउन सुरु गरेको हो । तीन दिनसम्म मनाइने बार्षिकोत्सवको पहिलो दिन विद्यालयका संस्थापक प्रिन्सिपल तथा समाजसेवी इमानसिं राईको प्रतिमा अनावरण, विद्यालयको प्याराफिट उद्घाटन, संगीत कक्षा उद्घाटन, स्मारिका विमोचन लगायतका कार्यक्रम गरिएको छ ।
दिक्तेल इंलिस बोर्डिङ स्कुको संगीत कक्षा उद्घाटन
दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलको संगीत कक्षा पनि उद्घाटन गरिएको छ । गत वर्षदेखि नै संगीत कक्षा सुरु गरिएको विद्यालयमा औपचारिक रुपमा सो कक्षा उद्घाटन गरिएको हो । कार्यक्रममा स्कुलका पूर्व प्रिन्सिपल कृष्णबहादुर राईलाई सम्मान गरिएको छ ।
यस्तै, स्कुलका शिक्षक रामप्रसाद राई र शिक्षिका रेश्मा राजभण्डारीलाई दीर्घ सेवा तथा लेखापाल प्रबिण कार्कीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । कार्यालय सहयोगी इवनारायण श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रुपमा नगद पाँच हजारका साथमा प्रशंसापत्र प्रदान गरिएको छ ।
यस्तै, शिक्षकरशिक्षिका असिम राई, बिनोद राई, ममता शंकर, पुष्पा राई, प्रमिला थापा, तारा खत्री, हेमकुमार राई र बानुका राईलाई सम्मान गरिएको छ । उत्कृष्ट अभिभावकका रुपमा नविन बानियाँ, रोशेष श्रेष्ठ, कुमार उपरकोटी, फुर्वादोर्जी शेर्पा, हेमकुमार राई, सम्झना राई, रेनुका लाफा मगर, बबिता राई, हरेराम श्रेष्ठ, सन्तोष राई, राजु श्रेष्ठ लगायतलाई सम्मान गरिएको छ ।यस्तै, नर्सरीदेखि कक्षा १२ सम्मका उत्कृष्ट छात्ररछात्रालाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा छात्ररछात्राले सांगीतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाएका थिए । बुधबार अन्तर सदनात्मक चेस, लुँडो, म्यूजीकल चेयर, खोखो, कक फाइट, पट ब्रिकिङ लगायतका खेलकुद प्रतियोगीता सञ्चालन गरिने भाइसप्रिन्सिपल घिमिरेले बताए । बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्तरिय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगीता, विभिन्न प्रस्तुतीका साथमा वार्षिकोत्सव समापन गर्ने तयारी गरिएको छ ।