शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा किरात फोर्स गठन

खोटाङमा किरात फोर्स गठन

रोदिक खबर

१३, बैशाख २०८०
  • 2.9K
    SHARES
  • खोटाङमा किरात फोर्स गठन

    खोटाङ । खोटाङमा पहिचान पक्षधरले किरात फोर्स गठन गरेको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन थालिएको दवावमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि प्रदेश १ संयुक्त संघर्ष समिति, युवा परिचालन उपसमिति संयोजक रहेका निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय किरात फोर्स गठन गरिएको हो ।

    पहिचान पक्षधरको बुधबार शुभम फाउण्डेसनमा भएको भेलाले अगाडि शहिद पदम लिम्बू (लाजेहाङ) को तस्बीर र पछाडि किरात फोर्स अंकित कालो टि–सर्टधारी युवा दस्ता बनाएको हो । 

    ऐतिहासिक पृष्ठभूमीको आधारमा किरात प्रदेश पुःन नामांकन आन्दोलनलाई सशक्त बनाउने तथा आन्दोलनका क्रममा सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि किरात फोर्स गठन गरिएको संयोजक राईले बताए । संयोजक राई जसपाका नेता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुर्ववडाध्यक्ष हुन् । परिपक्व र इमान्दार युवालाई छानेर किरात फोर्समा आवद्ध गराइएको संयोजक राईले बताए । 

    दिक्तेलमा बाईक र्‍याली  सहितको जनप्रदर्शन 

    प्रदेश १ संयुक्त संघर्ष समिति, युवा परिचालन उपसमितिले दिक्तेलमा बाईक  र्‍याली सहितको जनप्रदर्शन गरेको छ । उपसमितिले शुभम फाउण्डेसनबाट किरातचोक, त्रिबेणीचोक, हाटडाँडा हुँदै भवनगैरासम्म बाईकर्‍याली सहितको जनप्रदर्शन गरेको हो । ‘कोशी प्रदेश खारेज गर । ऐतिहासिक पृष्ठभूमीको आधारमा किरात प्रदेश पुःन नामांकन गर । महान शहिद पदम लिम्बू (लाजेहाङ) अमर रहुन्’ लेखिएको व्यानर सहितको र्‍यालीले विभिन्न चोकमा कोणसभा गरेको थियो ।

    कोणसभालाई पहिचानपक्षधर नेताहरुले सम्बोधन गरेका थिए । र्‍यालीले बजार परिक्रमा गर्नेक्रममा मानव अधिकारचोकमा रहेको खानेपानी, सिचाई तथा उर्जा मन्त्रालय जलश्रोत तथा सिँचाई विकास डिभिजन दिक्तेलको बोर्डमा उल्लेखित कोशी मेटाएको छ ।

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - २१:२४:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको