किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात बैशाख पूर्णिमा र अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा महिना दिनसम्म मनाउने प्रचलन छ ।
राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायमा अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आईनलागोस्, सुव्यफाव्य होस्भन्ने कामना गर्दै भूमी, पितृ र अन्नको पूजाआजा गरी साकेला मनाउने प्रचलन रहिआएको छ । साकेला उभौलीका कारण किरात समुदायको बसोबास रहेको पूर्वी नेपाल ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान भएको छ ।