शुक्रवार, भाद्र २६ गते २०८३

मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

रोदिक खबर

२, जेठ २०८०
  • 7.0K
    SHARES
  • मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

    काठमाडौं। सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाइ सहिद घोषणा गर्ने निर्णय गरेको हो। 
    २०६२–०६३  को दोस्रो जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली लागेर घाइते भएका काभ्रेका कायस्थको २०८० वैशाख २८ मा निधन भएको थियो ।

    गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे। गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो। 

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १८:५३:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको