खोटाङ । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।
यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
समायोजनपछिको अन्तर प्रदेशको गाडी भाडा यस्तो छ
BL.final.2080.02.03अन्तर प्रदेश भाडादर.pdf :To download file click here