शुक्रवार, भाद्र २६ गते २०८३

बलात्कार आरोपमा फरार अभियुक्त पक्राउ

बलात्कार आरोपमा फरार अभियुक्त पक्राउ

रोदिक खबर

६, जेठ २०८०
  • 11.9K
    SHARES
  • बलात्कार आरोपमा फरार अभियुक्त पक्राउ

    खोटाङ । बलात्कार आरोपमा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षीया युवतीलाई गोठाला जाँदा जबर्जस्ती बलात्कार गरी फरार रहेका सोही ठाउँका २९ वर्र्षीय प्रतापजंग राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    १८ बैशाखको बिहान अन्दाजी ११ बजे बाख्रा चराउन गएकी युवतीलाई अन्दाजी अपरान्ह १ वजे निर्मलीडाँडाको जोरअंगेरी जंगलमा पात्ले झार्न जाने बहानामा ओडारमा लगेर जबर्जस्ती बलात्कार गरेर फरार रहेका राईलाई लुकीछिपी रहेको अवस्थामा केपिलासगढी गाउँपालिका–१ फेदीबाट बिहीबार पक्राउ गरिएको हो ।

    पक्राउ परेका अभियुक्त विरुद्ध जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताए ।
    बलात्कार गरी फरार अभियुक्त विरुद्ध १९ बैशाखमा युवतीको परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको थियो । 
    जबर्जस्तीपछि मार्ने नियतले घाँटी थिची ज्यान मार्ने प्रयत्न समेत गरी मरानासन्न अवस्थामा पु¥याएको युवतीलाई बलात्कार भएको दिन नै उपचारमा जिल्ला अस्पताल लगिएको थियो । तर, जिल्ला अस्पतालले धरान रिफर गरेको थियो । उपचारपछि युवती डिस्चार्ज भईसकेको आफन्तले बताएको छ ।

     

    प्रकाशित मिति :जेठ ६, २०८० शनिवार - १८:५६:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको