शुक्रवार, भाद्र २६ गते २०८३

रिजाल वंसजको पुस्तक विमोचन

रिजाल वंसजको पुस्तक विमोचन

रोदिक खबर

७, जेठ २०८०
  • 9.9K
    SHARES
  • रिजाल वंसजको पुस्तक विमोचन

    खोटाङ । रिजाल वंसज खोटाङको पुस्तक विमोचन गरिएको छ । रिजाल वंसज जिल्ला समिति खोटाङले तयार गरेको ‘धनन्ञ्जय ऋषिकुल रिजाल वंशज’ नामक पुस्तक शनिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले विमोचन गरेका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थित रिजाल गाउँको सामुदायिक भवनमा उक्त पुस्तक विमोचन गरिएको रिजाल वंसज खोटाङका अध्यक्ष राजकुमार रिजालले जानकारी दिए ।

    उक्त पुस्तकमा जिल्लामा रहेका रिजाल बन्धुहरुको इतिहास, कुलपूजा, थानी पूजा, गोठको धुप, गोवर्धन रिजालको वङ्शावली, रिजाल बन्धुका सगोत्री लगायत समेटिएको पुस्तकको विमोचन गरिएको अध्यक्ष रिजालले बताए ।

    प्रकाशित मिति :जेठ ७, २०८० आइतवार - ०७:४३:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको