खोटाङ । खोटाङमा ‘समसामयिक राजनीति र डिजिटल विस्फोट विषयक अन्तरक्रिया सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल खोटाङको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा मंगलवार भएको अन्तरक्रिया कार्यक्रममा नेपालको राजनीति र पत्रकारिता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगले पुुर्याएको असर, राजनीति र पत्रकारिताका वर्तमान अवस्था, सामाजिक सञ्जालको प्रभाव र विकृतिको बारेमा अन्तरक्रिया गरिएको हो ।
जिल्लाका पत्रकारहरुको सहभागितामा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार भवानी बरालले सहजिकरण गरेको अन्तरक्रियामा युनेस्कोमा आवद्ध मुुलुकहरुले प्रेस स्वतन्त्रताको हकमा लिएको नीति, यसमा देखिएको जोखिम र अहिले पत्रकारिताको क्षेत्रमा डिजिटल प्रविधिले पुुर्याइरहेको असरको बारेमा छलफल भएको थियो ।
अन्तक्रियामा नेपालको पत्रकारितामाथि मात्र नभई राजनीतिमा समेत डिजिटल प्रविधिको व्यापक प्रयोगले विस्फोटनको अवस्थामा पुुर्याएको निस्कर्ष निकालेको छ । अ
न्तक्रियामा सहभागीहरुले अवको युुग डिजिटल युुग भएपनि यसको सहि सदुुपयोग हुन नसक्दा समस्याहरु बढ्न थालेकोले यस बारेमा सचेत हुन जरुरी रहेको बताएका छन् । अन्तक्रियामा सहभागीहरूले यो कार्यक्रम व्यावसायिक पत्रकारिताका लागि उपयोगी बनेकोे जनाएका छन् ।