• ट्रेण्डिङ:

पानी र हावाहुरीका कारण विद्यालयमा क्षती

पानी र हावाहुरीका कारण विद्यालयमा क्षती

रोदिक खबर

११, जेठ २०८०
  • 10.7K
    SHARES
  • पानी  र हावाहुरीका कारण विद्यालयमा क्षती

    खोटाङ ।  पानी र हावाहुरीले दिप्रुङको एक विद्यालयमा क्षती पुर्‍याएको छ । बिहीबार साँझबाट  पानीसँगै  आएको हवाहुरीका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासे  मुलाबारीस्थित महेन्द्रतारा आधारभुत विद्यालयमा क्षती पुर्‍याएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

    विद्यालयमा लगाइएको जस्ताको छाना पुर्णरुपमा हावाले उडाएको छ भने  विद्यालयभित्र राखिएका कम्युटर सिपियुसमेत पानीले भिजाएको जनाइएको छ । हाल विद्यालयमा लगाइएको जस्ताको छाना उडाएपछि विद्यालय नाङ्गो अवस्थामा परिणत भएको छ । 

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - २१:४५:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको