• ट्रेण्डिङ:

प्रदेश-१ प्रहरी प्रमुख (डिआइजी) कार्कीलाई कोरोना संक्रमण पुष्टि

प्रदेश-१ प्रहरी प्रमुख (डिआइजी) कार्कीलाई कोरोना संक्रमण पुष्टि

रोदिक खबर

२३, भाद्र २०७७
  • 3.4K
    SHARES
  • प्रदेश-१ प्रहरी प्रमुख (डिआइजी) कार्कीलाई कोरोना संक्रमण पुष्टि

    विराटनगर । प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको हो।

    विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइँकेलका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो।

    ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएको मन्त्रालय स्रोतले जनाएको छ। संक्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयको क्वार्टरमै आइसोलेसनमा बसेको बताइएको छ।

    विराटनगरमा मंगलबार ११ महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

    प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - २१:३१:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको