• ट्रेण्डिङ:

उत्कृष्ट नतिजा ल्याउने ९ विद्यालय र ६ जना विद्यार्थी पुरस्कृत

उत्कृष्ट नतिजा ल्याउने ९ विद्यालय र ६ जना विद्यार्थी पुरस्कृत

रोदिक खबर

२७, जेठ २०८०
  • 12.2K
    SHARES
  • उत्कृष्ट नतिजा ल्याउने ९  विद्यालय र ६ जना विद्यार्थी पुरस्कृत

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ९ वटा विद्यालय र ६ जना विद्यार्थीलाई नगरपालिकाले पुरस्कार प्रदान गरेको छ । गत चैत ९–१६ गतेसम्म सञ्चालन भएको शैक्षिक सत्र २०७९ को वार्षिक परिक्षामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय र कक्षा प्रथम हुने विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गरिएको हो ।
    शैक्षिक सत्र २०७९ को कक्षा ४–९ सम्मको वार्षिक परीक्षा नगरपालिकाले (एसईई) मोडलमा सञ्चालन गरेको थियो । जसमा कक्षा ४ मा नगरपालिका भरीमा दामोदरमहासिंह आवि दुर्छिमका ब्रोलिजा राई ३.३४ जीपीए ल्याएर प्रथम भएकी छन् । कक्षा ५ मा हिमगंगा आवि अर्खौलेका भविन पुरी ३.४४ जीपीए, कक्षा ६ मा बुलापन्थे मावि धितुङका सुजना राई ३.२९ जीपीए, कक्षा ७ मा बुलापन्थे मावि धितुङका अनिल कट्वाल ३.०३ जीपीए, कक्षा ८ मा लक्ष्मी मावि बडहरेका गणेश दाहाल ३.११ जीपीए र कक्षा ९ मा महेन्द्रोदय मावि महादेवस्थानका दया राई ३.२१ जीपीए ल्याएर प्रथम भएका छन् । कक्षागत प्रथम हुने सबैलाई जनही   १० हजार नगद पुरस्कार प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिए ।

    यस्तै, विद्यालयतर्फ कक्षा ४–५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा खोक्सेली आवि बडहरे २.२४ जीपीए प्रथम, बोझेओडार आवि बडहरे २.२१ जीपीए दोस्रो र जनचेतना आवि बाहुनीडाँडा २.०८ जीपीए ल्याएर तेस्रो भएका छन् । उक्त तीन विद्यालयले क्रमश ५०, २० र १० हजार नगद पुरस्कार पाएका छन् । 

    कक्षा ६–८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा डिकुवा आवि डिकुवा    ९१।३४ जीपीए० प्रथम, शान्ति आवि बडहरे १ं.२७ जीपीए० दोस्रो र हिमगंगा आवि राजापानी १.२६ जीपीए सहित तेस्रो भएका छन् । उक्त तीन विद्यालयले क्रमश ५५, २५ र १५ हजार नगद पुरस्कार पाएका छन् ।

    कक्षा ६–९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा सरस्वती मावि अर्खौले १.०७ जीपीए सहित प्रथम, कालिका मावि बाहुनीडाँडा ०.९० जीपीए सहित दोस्रो र बुलापन्थे मावि धितुङ ०.८४ जीपीए सहित तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुने माविलाई क्रमश २ लाख, ५० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।  

    मेयर विमला राईको अध्यक्षतामा शनिबार एकै दिन आयोजना गरिएकोे विभिन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख सनबहादुर राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलासबहादुर ठकुराठी, स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देल, नगरपालिकाका वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, खोटाङ उद्योग वाणिज्य संघका महासचिव अजय बस्नेत, विभिन्न राजनीतिक दलका जिल्ला प्रतिनिधि तथा नगर अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :जेठ २७, २०८० शनिवार - २२:२६:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको