• ट्रेण्डिङ:

पाँच महिने निःशुल्क संगीत प्रशिक्षण कार्यक्रम सम्पन्न

पाँच महिने निःशुल्क संगीत प्रशिक्षण कार्यक्रम सम्पन्न

रोदिक खबर

१, आषाढ २०८०
  • 10.7K
    SHARES
  • पाँच महिने निःशुल्क संगीत प्रशिक्षण कार्यक्रम सम्पन्न

    खोटाङ । साइनो कला केन्द्र खोटाङले सञ्चालन गरेको पाँच महिने निःशुल्क संगीत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । खोटाङमा लामो समयदेखि गीत संगीतको क्षेत्रमा काम गरिरहेको संस्था साइनो कला केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरेको पाँच महिने निःशुल्क संगीत प्रशिक्षण कार्यक्रम बिहीवार सम्पन्न गरेको हो । केन्द्रले आर्थिक अवस्था कमजोर भएका  १५ जना ब्यक्तिहरुलाई निशुल्क संगीत प्रशिक्षण गरेको हो । 

    संगीत प्रशिक्षणका लागि नगरपालिकाले ३ लाख रकम दिएको बताइएको छ । केन्द्रका कोषाध्यक्ष दशरथ राईका अनुसार नगरपालिकाले दिएको ३ लाख रकम मध्ये १ लाख ५० हजार प्रशिक्षकलाई तलब र कार्यालय व्यवस्थापनमा खर्च गरिएको  छ भने १ लाख ५० हजार हारमोनियम, तवला, गिटार लगायतका वाद्यवादन खरिद गरेको छ । 

    संगीत प्रशिक्षणका लागि आएका धेरै ब्यक्तिहरु शुल्क तिर्न नसकेर बीचैमा कक्षा छाडिरहेकाले उनीहरुलाई नगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क कक्षाको व्यवस्था गरिएको साइनो कला केन्द्रका अध्यक्ष भक्त विश्वकर्माले बताए । 
    कलाकारिताको उत्थान गर्ने उद्देश्यले २०७४ सालबाट शुरु भएको साइनो कला केन्द्रले हालसम्म ७ सय बढि कलाप्रतिभा भएका व्यक्तिहरुलाई गीतसंगीत सिकाएको अध्यक्ष विश्वकर्माले बताए । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, अपाङ्ग सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अध्यक्ष उमेशचन्द्र आचार्य, सरस्वती अधारभूत विद्यालय दिक्तेलका शिक्षक रोशन ढकाल लगायतले शुभकामना दिएका थिए ।

     

    प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - ०७:५५:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको