खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८०÷२०८१ का लागि ९८ करोड ६ लाख ५७हजारअनुमानित बजेट ल्याएको छ । ‘नगर हाम्रो प्राण–नगर हाम्रो शान, नगर मै छ जिन्दगी, विकासमा छ ध्यान’भन्ने नाराका साथमाशनिबार जिल्ला समन्वय समितिको सभाहलमा नवौ नगरसभामा उपप्रमुख विसन राईले उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
नगरपालिकाको आन्तरिक आय १ करोड ८० लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट १३ करोड २४ लाख २९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँडबाट १ करोड ९५ लाख७८ हजार गरी कूल १५ करोड २ लाख ७ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख राईले जानकारी दिए ।
संघीय सरकारवाट वित्तिय समानिकरण अनुदान १४ करोड ९ लाख, समपूरक अनुदान ९० लाख, विशेष अनुदान १ करोड ३५ लाख, सशर्त अनुदानचालु ४७ करोड ५० लाख र सशर्त अनुदानपूँजीगत ६ करोड ९ लाख गरी ६९ करोड ९३ लाख र प्रदेश सरकारवाट वित्तिय समानिकरण अनुदान ८९ लाख ६८ हजार, समपूरक अनुदान १ करोड ३० लाख, सशर्त अनुदानचालु ३६ लाख७५ हजार र सशर्त अनुदानपुँजीगत १ करोड ४१ लाख गरी ६९ हजार गरी ३ करोड ९८ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९÷२०८० माखर्च नभई वचत हुने अल्या ७ करोड १५ लाख ३८ हजार हुने अनुमान गरिएको छ ।
कृषिमा प्राथमिकता
नगरपालिकाको बजेटले कृषिलाई प्राथमिकतामा राखेको छ । “मेरो नगर–म बनाउँछु” भन्ने नीतिलाई कार्यान्वयनगर्न रोजगारी वृद्धि गर्ने, स्थानीय कृषिउत्पादनमा वृद्धि गरी स्वाबलम्बी र आत्मनिर्भर गाउँ बनाउने आयोजना तथा कार्यक्रम अन्तर्गत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमका लागि ३ करोड विनियोजन गरिएको छ ।
उक्त वजेटमा फलफूल प्रशोधन केन्द्र निर्माणका लागि १ करोड, सुविधा सम्पन्न कृषिवजार निर्माणका लागि ५० लाख, कृषिकर्जाको व्याज अनुदानमा २० लाख, बाली तथा पशु वीमा कार्यक्रम निरन्तरताका लागि २ लाख, उच्च मुल्यवाली वस्तुको उत्पादनमा आधारित अनुदानका लागि ५ लाख, जंगली जनवारका वाझो जमिन माफलफूल, तरकारी तथा उन्नत जातका घाँस खेतीका लागि २० लाख विनियोजन गरिएको छ ।
यस्तै, तेलहन बाली प्रवद्र्धन कार्यक्रमलाई निरन्तरताका लागि ५ लाख, गाई तथा भैसी प्रवद्र्धन कार्यक्रम र दुधउत्पादन प्रवद्र्धनका लागि १८ लाख ३८ हजार विनियोजन गरिएको उपप्रमुख राईले जानकारी दिए । राईका अनुसार सामूहिक खेती प्रणाली तथा सामूहिक पकेट कार्यक्रम विकास, विस्तार तथा प्रोत्साहन, तरकारी उत्पादन प्रोत्साहन, मौरी प्रवद्र्धन कार्यक्रम, वन्यजन्तु तथा किटनाशक आक्रमणलाई न्यूनीकरण गर्न अध्ययन गरी उपयुक्त विधि अवलम्बन गर्न बाली संरक्षण कार्यक्रम, रैथाने वाली प्रवद्र्धन, कृतिम गर्भाधान मिसन कार्यक्रम कार्यान्वयन, औषधि तथा उपकरण खरीद र विशेष वाली उत्पादन र प्रोत्साहनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
कम्पोष्ट प्लान्ट तथानमुना कृषिश्रोत केन्द्रलाई आवश्यक अध्ययन गरी थप व्यवस्थित गरिनेछ । उन्नत खाद्यान्न वालीको वीउ उपयोगमा अनुदानको व्यवस्था तथा चालू आर्थिक वर्ष २०७९÷२०८० मा स्थापना भएको सुन्तलाजात फलफूल पकेट कार्यक्रमलाई निरन्तरता दिईएको छ ।