• ट्रेण्डिङ:

मंगलम ग्रुपद्धारा प्राविधिकहरुसँग अभिमुखीकरण

मंगलम ग्रुपद्धारा प्राविधिकहरुसँग अभिमुखीकरण

रोदिक खबर

१६, आषाढ २०८०
  • 14.0K
    SHARES
  • मंगलम ग्रुपद्धारा  प्राविधिकहरुसँग अभिमुखीकरण

    मंगलम ग्रुपले खोटाङका प्राविधिकहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलम ग्रुपको खोटाङका आधिकारिक डिलर सनराइज ट्रेड एण्ड सप्लायर्स मातहतमा रहेर काम गरिरहेका १८ जना प्राविधिकहरुसँग शनिबार बिहान इन्द्रेणी होटल दिक्तेलमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

    m3.jpg

    मंगलम ग्रुपका एरिया सेल्स मेनेजर विशाल गुरुङले प्राविधिकहरुलाई मंगलमका ब्राण्ड, गुणस्तर, परिणाम, बजारको अवस्था तथा भावी रणनीतिका विषयमा प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए । 

    अभिमुखीकरणपछि सहभागी प्राविधिकहरुलाई मंगलम ग्रुपको अथोराइज्ड डिष्ट्रिव्युटर सिद्धि गणेश ट्रेड एण्ड सप्लायर्स प्रालिले प्रशंसा पत्र प्रदान गरेको थियो  । मंगलम ग्रुपले खोटाङ डिलर सनराईज ट्रेड एण्ड सप्लायर्सका प्रवन्ध निर्देशक बुद्धि बिनोद लुइटेललाई पाइपको प्रेसर नाप्ने एकवटा मेसिन पनि प्रदान गरेको छ । 

    m2.jpg

    कार्यक्रममा मंगलम ग्रुपकै एरिया सेल्स मेनेजर बखत विष्ट, मार्केटिङ अफिसर विक्रम कुवर र मंगलम ग्रुपको अथोराइज्ड डिष्ट्रिव्युटर सिद्धि गणेश ट्रेड एण्ड सप्लायर्स प्रालिका प्रवन्ध निर्देशक रोमित गौतम सहभागी थिए । 

    m1.jpgमंगलम ग्रुपले मंगलम अक्वा प्रो, मंगलम अल्ट्रा फ्लो, मंगलम सिपीभिसी प्लस, बोरिउइल, मंगलम प्रोड्रेन, मंगलम वाइरसेफ, मंगलम एजडिपी लगायतका पाइप उत्पादन गर्दै आएको छ । यस्तै, मंगलम ग्रुपले पोखरामा वञ्जी जम्प, जिम फ्लायर, जाइन सुईङ सञ्चालन तथा मंगलम वाटर ट्याङक र लुम्बिनी सेरामिक्स (टायल उत्पादन) गरिरहेको छ ।

    प्रकाशित मिति :आषाढ १६, २०८० शनिवार - २१:५२:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको