खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने  

खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने  

रोदिक खबर

२०, आषाढ २०८०
  • 9.6K
    SHARES
  • खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने  

    खोटाङलाई असार २३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने भएको छ । जिल्ला समन्वय समिति खोटाङको सभा हलमा बुधवार जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक सनबहादुर राईको अध्यक्षमा बसेको बैठकले खोटाङ जिल्लालाई असार २३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको हो ।

    जन्मेदेखि पाँच वर्ष भित्रका बालबालिकाहरुले पाउनुपर्ने सबै खोप लगाई सकेपछि जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेकाले जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले जानकारी दिए ।

    स्वास्थ्यमा सबैको पहुँच अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाइएको सिग्देलको भनाइ थियो । जिल्लामा जन्मेदेखि पाँच वर्ष भित्रका १६ हजार ५०५ जना बालबालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    दिप्रुङ चुइचुम्मा गाउँपालिका बाहेक सबै पालिकाले पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिसकेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई भोली (बिहिवार) पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने जनाइएको छ । 

    प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - १२:४७:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको