खोटाङ । खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा जिल्ला घोषणा गरिएको छ । “पूर्ण खोप सुनिश्चिता भविष्य” “पूर्ण खोप पाउनु बालबालिकाको अधिकार हो” भन्ने मूल नाराकासाथ खोटाङलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जन्मेदेखि पाँच वर्ष भित्रका बालबालिकाहरुले पाउनुपर्ने सबै खोप लगाई सकेपछि जिल्लाका १० वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि शनिबार जिल्ला समन्वय समिति खोटाङको सभा हलमा एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिग्देलले जानकारी दिए । जिल्लामा जन्मेदेखि पाँच वर्ष भित्रका १६ हजार ५०५ जना बालबालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षता एवम् सविधानसभा सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यतामा भएको घोषणा सभामा पूर्व सांसद कुलप्रसाद फुयाल, जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बवि चाम्लिङ, जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राई, रावावेशी गाउँपालिकाकी उपाध्यक्ष कौशिला गुरुङ, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै, घोषणा सभामा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, नेकपा एमाले खोटाङका सचिवालय सदस्य चर्चबहादुर विश्वकर्मा, नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दिपक पाण्डे, जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष पिके खम्बु, राष्ट्रिय स्वतन्त्र पार्टीका डा.राजकुमार राई, फेमली कियर अस्पतालका प्रमुख डा. कृष्णकुमार राई, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमय, स्वास्थ्य शाखाहरुको तर्फबाट हलेसी तुवाचुङ नगरपालिका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शुभद्रा–मदन फाण्डेसनका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गर्ने जिल्लाका १० वटै पालिका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, सबै पालिकाका स्वास्थ्य शाखा, महिला स्वयम्सेविकालाई जिल्ला खोप समन्वय समितिले प्रशंसा पत्र प्रदान गरेको थियो ।
