• ट्रेण्डिङ:

विद्यार्थीको रोजाइमा पर्दै कस्तुरी कलेज

विद्यार्थीको रोजाइमा पर्दै कस्तुरी कलेज

रोदिक खबर

२८, आषाढ २०८०
  • 10.3K
    SHARES
  • विद्यार्थीको रोजाइमा पर्दै कस्तुरी कलेज

    इटहरीको कस्तुरी कलेजमा विद्यार्थीको आकर्षण र अभिभावकको  रोजाइ रहँदै आएको छ । हाल मास्टर डिग्री समेत सञ्चालन हुँदै आएको कलेजले स्थापनाकालदेखि नै विद्यार्थीहरूको अनुशासन र कडा परिश्रमले अभिभावकहरूको मन जित्दै आएको हो  ।

    पूर्वी नेपालको उदयीमान व्यापारी केन्द्रको रूपमा रहेको इटहरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभावलाई परिपूर्ति गर्दै शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय संलग्न भई अनुभव प्राप्त व्यक्तिहरूको संलग्नतामा उक्त कलेज २०५५ सालमा निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।

     उक्त कजेलमा अहिले करिब एक हजार चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कलेजका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेका अनुसार स्थापनकालमा २६ जना विद्यार्थीबाट सुरु भएको र हाल विद्यार्थीको चाप रहेको छ । ‘हामीले कक्षा ११ देखि स्नातकोत्तरसम्म एक हजार चार सयभन्दा बढी विद्यार्थीलाई अध्यापन गराइरहेका छौँ,’ उनले भने, ‘खासगरी व्यवस्थापन विषयका लागि कस्तुरी कलेज आम मानिसको रोजाइमा पर्छ ।’

    व्यवस्थापनसँगै बिबिए, विज्ञानजस्ता विषय पनि अध्यापन हुँदै आएको उनले बताए । विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउनुमा विद्यार्थीसँगै अभिभावक, शिक्षक र संस्थापकहरूको भूमिका पनि उत्तिकै रहेको न्यौपानले बताए ।

    प्लस टु मा कम्प्युटर साइन्स, व्यवस्थापन र विज्ञान विषयको अध्यापन हुने उनको भनाइ छ । ‘सुविधा सम्पन्न भवन, पुस्तकालय, साइन्स ल्याब, कम्प्युटर ल्याब समेत छ, जसकारण विद्यार्थीलाई सहज हुनेछ,’ उनले भने, ‘पहाडी जिल्लाबाट इटहरीमा कोठाभाडामा बसेका होस् वा अरु जिल्ला नै । कोसी प्रदेशका सबैजसो ठाउँबाट यहाँ पढ्न विद्यार्थी आकर्षित छन् ।’

    यहाँ पढेका विद्यार्थीहरू निजामतीसँगै बैँकमा जागिरेदेखि प्राध्यापकसमेत भएको उनको दाबी छ । उनका अनुसार गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।

    स्थापनाकालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको कलेजले यसअघि दुईपटक नेपाल प्रथम भइ स्वर्ण पदक समेत प्राप्त गरिसकेको न्यौपानेले बताए । आगमी दिनका समाज र विद्यार्थीहरूको माग अनुसार विषयहरू थप गर्दे जाने लक्ष्य रहेको कलेजले जनाएको छ । कलेजले २५ बर्ष पार गरेको शुखद अवसरमा १ सय बढि बिद्यार्थीहरुलाई पूर्ण रुपमा छात्रबृति दिने अभियान समेत सुरु गरेको जनाएको छ ।

    kasturi.jpg

    विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार गर्नको साथसाथै अतिरिक्त क्रियाकलापमा समेत दक्षता हासिल गराउने उद्देश्यलले विभिन्न विषयका विषयगत विज्ञ प्रशिक्षकहरू राखेर दैनिक २ घण्टा नियमित रूपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिँदै आएको कलेजले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - १६:४५:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको