• ट्रेण्डिङ:

गाउँपालिकाको नाम राखेर अनाधिकृत रुपमा खोलिएका फेसबुक पेज र ग्रुपहरु तत्काल डिलिट गर्न आग्रह

गाउँपालिकाको नाम राखेर अनाधिकृत रुपमा खोलिएका फेसबुक पेज र ग्रुपहरु तत्काल डिलिट गर्न आग्रह

रोदिक खबर

२८, आषाढ २०८०
  • 7.5K
    SHARES
  • गाउँपालिकाको नाम राखेर अनाधिकृत रुपमा खोलिएका  फेसबुक पेज र ग्रुपहरु तत्काल डिलिट गर्न आग्रह

    खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले गाउँपालिकाको नाम राखेर अनाधिकृत रुपमा खोलिएका विभिन्न फेसबुक पेज र ग्रुपहरु तत्काल डिलिट गर्न आग्रह गरेको छ । गाउँपालिकाले बिहीबार सूचना जारी गरेर गाउँपालिकाको आधिकारिक फेसबुक पेज (ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय) बाहेक अन्य व्यक्तिहरुबाट गाउँपालिकाको नाममा फेसबुक पेज र ग्रुपहरु खोलिएको पाईएकाले ती पेज र ग्रुपहरु तत्काल डिलिट गर्न  आग्रह गरेको हो ।

    गाउँपालिकाको नाम राखेर खोलिएका फेसबुक पेज तथा ग्रुपहरुबाट अनाधिकृत सूचना र अश्लिल किसिमका पोष्टहरु सार्वजनिक गर्ने गरेको जानकारी आएकाले त्यस्ता पेज र ग्रुपहरु तत्काल डिलिट गर्न सरोकारवाला सबैलाई आग्रह गरिएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताए ।

    अध्यक्ष राईका अनुसार गाउँपालिकाको आग्रहलाई बेवास्ता गरी अब त्यस्ता पेज र ग्रुपहरुबाट कुनै पनि किसिमको सूचना पोष्ट गरेमा प्रचलित कानुन बमोजिम कडा कारवाही अगाडी बढाइनेछ। गाउँपालिकाको नाम गरेर खोलेको फेसबुक पेज र ग्रुपमा कतिपयले अश्लिल फोटो समेत हालेको पाइयो।  अब हामी यस्ता अराजक र अनैतिक काम गर्ने विरुद्ध कानुनी रुपमा अघि बढ्छौं–अध्यक्ष राईले भने ।

    जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले नागरिकलाई सूचना प्रवाहमा सहजताका लागि आधिकारिक फेसबुक तथा फेसबुक पेज सञ्चालन गरिरहेका छन् ।  

    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - २०:४२:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको