• ट्रेण्डिङ:

देशभक्ति नेपाली चलचित्र ‘काँडेतार’ च्यारिटी शो मा कलाकार देखि मन्त्रीसम्म

देशभक्ति नेपाली चलचित्र ‘काँडेतार’ च्यारिटी शो मा कलाकार देखि मन्त्रीसम्म

रोदिक खबर

१, श्रावण २०८०
  • 13.2K
    SHARES
  • देशभक्ति नेपाली चलचित्र  ‘काँडेतार’ च्यारिटी शो मा कलाकार देखि मन्त्रीसम्म

    काठमाडौँ । फिल्म ‘काँडेतार’को च्यारिटी शो गरिएको छ । शनिबार चलचित्र विकास बोर्डको हलमा गरिएको च्यरिटीमा नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी लगायत समाजका विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ, विद्वान, बौद्धिक समुदाय तथा युवाहरूको सहभागितामा ‘काँडेतार’को च्यारिटी शो गरिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री  मोदीले चलचित्र ‘काँडेतार’लाई उत्कृष्ट सिनेमाको प्रतिक्रिया दिएका छन् । शनिबार भएको च्यारिटी शोमा मन्त्री किराती र मोदीले नेपाल र नेपालीको स्वभिमानलाई उजागर गर्ने चलचित्र भएको बताएका छन् । 

    सरल तथा सहज दृश्य–प्रस्तुति र प्रविधिको उच्चतम प्रयोग भएका कारण नेपालीले हेर्नैपर्ने चलचित्र भएको उनीहरूको प्रतिक्रिया छ ।  “समाजका विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ, विद्वान, बौद्धिक समुदाय तथा युवाबाट चलचित्र हेरेर उहाँहरूले सकारात्मक प्रतिक्रिया तथा हौसला दिनु भएकोमा हाम्रो सोच र मेहनतले मूर्तरुप पाएको महसुस गरेका छौँ,” चलचित्र काँडेतारका कलाकार, लेखक तथा निर्देशकसमेत रहेका नवल खड्काले भने, “चलचित्र प्रदर्शनमा सहभागी हुने हरकोही दर्शकबाट पाएको स्यावासी र प्रशंशाबाट थप ऊर्जा मिलेको छ ।”

    nawal.jpg

    आगामी फागुन २५ गतेबाट देशभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय रहेको छ । फिल्मको मुख्य भूमिकामा निर्देशक खड्का पनि छन् । 

    फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ । मणि थापा र दीपक शर्माको सङ्गीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् ।

    तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रूपमा छन् भने कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् । फिल्मको विदेशबाट पनि उच्च माग भइरहेको छ ।

    प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - १०:०९:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको