शुक्रवार, भाद्र २६ गते २०८३

गोरु काटेर मासु भाग लागाइ रहेको अवस्थामा खोटाङमा चार जना पक्राउ

गोरु काटेर मासु भाग लागाइ रहेको अवस्थामा खोटाङमा चार जना पक्राउ

रोदिक खबर

१, श्रावण २०८०
  • 14.3K
    SHARES
  • गोरु काटेर मासु भाग लागाइ रहेको अवस्थामा खोटाङमा चार जना पक्राउ

    खोटाङ । गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा खोटाङमा चार जना पक्राउ परेका छन् । ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित रमितेडाँडामा गोरु काटेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा जलेश्वरीका २६ वषीय दावा तामाङ, २८ वर्षीय हेमकुमार तामाङ, २६ वर्षका मोहन तामाङ र ३२ वर्षका खियामा तामाङ रहेका छन् । २८ वर्षीय बुद्धिमान तामाङ भने फरार भएका छन्।  

    गोरु काटेर भाग लगाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ऐंसुलुखर्कले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए । 

    पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ । फरार तामाङको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - २३:५३:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको