• ट्रेण्डिङ:

सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

रोदिक खबर

४, श्रावण २०८०
  • 9.3K
    SHARES
  • सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा भएको थियो । आज प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो ।

    आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

    प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - १२:०९:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको