• ट्रेण्डिङ:

आमा समूहलाई कुटानी पिसानी मिल हस्तान्तरण

आमा समूहलाई कुटानी पिसानी मिल हस्तान्तरण

रोदिक खबर

४, श्रावण २०८०
  • 9.8K
    SHARES
  • आमा समूहलाई कुटानी पिसानी मिल हस्तान्तरण

    साकेला । खोटाङको साकेला गाउँपालिकाले मात्तिमबिर्ताका आमा समूहलाई घरायसी मिल प्रदान गरेको  छ । महिलाहरुको कार्यबोझ घटाइ जीवनयापनमा सहजता पु¥याउने उद्देश्यले गाउँपालिकाले आमा समूहलाई घरायसी मिल प्रदान गरेको हो । गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम मार्फत बिनियोजित महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत खरिद गरिएको कुटानी पिसानी मिल साकेला गाउँपालिका–५ का आमा समूहलाई बुधबार हस्तान्तरण गरिएको हो ।

    वडा नं. ५ का वडाअध्यक्ष जीवन खत्रीको अध्यक्षता तथा गाउँपालिका प्रमुख रविप्रकाश राईको प्रमुख आथित्यता तथा उपाध्यक्ष बिर्सिका राईको विशेष आथित्यतामा कुटानी पिसानी मिलसँगै आमा समूहको वैठक कक्षको लागि कुर्सी समेत हस्तान्तरण गरिएको हो । 

    गाउँपालिका अध्यक्ष राईले महिलाहरुको जीवनयापनमा सहजता ल्याउनुका साथै कार्यवोझ घटाउने लक्ष्यका साथ पालिकाले कुटानी पिसानी मिल हस्तान्तरण गरिएको बताए । हामी धैरै ठूलो कुराको अपेक्षा नगरौं, स–साना कुराहरुमा पनि समृद्धि लुकेको हुन्छ, तिनै कुराहरुबाट समृद्धिको दिशामा पालिका अघि बढ्छ अध्यक्ष राईले भने,– नागरिकले देखेको सपनालाई साकार बनाउन पालिका सरकार प्रतिवद्ध छ । कुटानी पिसानी मिल र कुर्सी पालिकाका सबै वडाका महिला समूहहरुलाई हस्तान्तरण गरिने उहाँलगाउँपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - १२:४४:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको