• ट्रेण्डिङ:

सडक किनारामा वृक्षारोपण कार्य सुरु

सडक किनारामा वृक्षारोपण कार्य सुरु

रोदिक खबर

४, श्रावण २०८०
  • 10.1K
    SHARES
  • सडक किनारामा वृक्षारोपण कार्य सुरु

    साकेला गाउँपालिकाले साप्सुखोला–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ सडक अन्तर्गत सडकको किनारामा विभिन्न प्रजातिका विरुवाहरु रोप्न सुरु गरेको छ । गाउँपालिकालाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यले सडक किनारामा वृक्षारोपण कार्य सुरु गरिएको हो ।

    साकेला गाउँपालिका र उक्त सडक निर्माण गरिरहेको मल्ल कन्ट्रक्सनको संयुक्त पहलमा सडक किनारमा भौगौलिक बनावट अनुसार हावापानी सुहाउँदो फलफूलजन्य र भू–क्षयलाई नियन्त्रण गर्ने जैविक प्रकृतिका विरुवा रोप्न सुरु गरिएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताए । 

    उक्त सडकले समुन्द्री सतहको १२ सय उचाईदेखि २८ सय उचाईसम्मको भू–भागलाई छोएको छ । तल्लो वेशी क्षेत्रमा अशोकको विरुवा सँगै भूगोल अनुसारको फलफूलको विरुवा रोपिएको छ भने बीचको क्षेत्रमा गुल्मर, निल्मर, ज्याकारअण्डासँगै हावापानी सुहाउँदो फलफूलको विरुवा लगाउन सुरु गरिएको अध्यक्ष राईको भनाई छ । 

    हामी साकेला गाउँपालिकालाई वातावरणमैत्री सँगै हरित पालिका पनि निर्माण गर्ने अभियानमा छौं अध्यक्ष राईले भने–गत वर्षपनि विभिन्न प्रजातिका विरुवाहरु कार्यालय परिसर र बजार एरियामा रोपिएको छ, यस वर्ष पनि करीव दश हजार विरुवा रोप्ने तयारी गरिरहेका छौं । 

    गाउँपालिकाले सडक किनारासँगै प्रत्येक विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र सार्वजनिक स्थलहरुमा भूगोल सुहाउँदो विरुवा रोप्ने योजना बनाएको छ । पालिकाको वेशी क्षेत्रदेखि लेकाली भेगसम्म फस्टाउने विभिन्न प्रजाति र फलफूल जन्य करीव दश हजार थान विरुवा नर्सरीहरुमा माग गरिएको अध्यक्ष राईको भनाई छ ।

    प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - १२:५३:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको