वीपी स्मृति दिवसका अवसरमा खोटाङमा सरसरफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवशरमा वीपी स्मृति भवन दिक्तेल परिषरमा सरसरफाई तथा वृक्षारोपण गरिएको हो ।

नेपाल तरुण दल खोटाङको आयोजनामा वीपी स्मृति भवन परिषरमा गरिएको सरसरफाई तथा वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस खोटाङका उपसभापतिद्धय तीर्थराज भट्टराई र इवन राई, सचिव समिर राई, महाधिवेशन प्रतिनिधिहरु, नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको नेपाल तरुण दलका केन्द्रीय सदस्य भीषण राईले जानकारी दिए ।

आजकै दिन अर्थात साउन ६ गते वीपी कोइरालाको देहवासान भएको थियो । उनको योगदानको स्मरणमा कांग्रेसले प्रत्येक वर्ष आजका दिन वीपीलाई विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् ।
