शुक्रवार, भाद्र २६ गते २०८३

बाढीले बगाउँदा सामाखुसीमा १३ वर्षीय बालक बेपत्ता

बाढीले बगाउँदा सामाखुसीमा १३ वर्षीय बालक बेपत्ता

रोदिक खबर

७, श्रावण २०८०
  • 8.7K
    SHARES
  • बाढीले बगाउँदा सामाखुसीमा १३ वर्षीय बालक बेपत्ता

    काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक अनिल अधिकारीले जानकारी दिए ।

    विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई स्थानीय सानो खोल्सीले बगाएको हो । उनलाई बगाएको खबर पाएसँगै नेपाल प्रहरीको गोंगबुस्थित प्रभाग, महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी गरिरहेको छ । तर आइतबार साँझसम्म पत्ता नलागेको प्रनाउ अधिकारीले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - २१:०१:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको