शुक्रवार, भाद्र २६ गते २०८३

 दिप्रुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते

 दिप्रुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते

रोदिक खबर

१४, श्रावण २०८०
  • 10.0K
    SHARES
  •  दिप्रुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते

    खोटाङ । खोटाङमा जीप दुर्घटना हुँदा पाँच जना गम्भीर घाईते भएका छन् । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ जाँदै गरेको ००१ ज ३३८७ नम्बरको जीप दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स. छितापोखरीको खुदुर्केमा पल्टिँदा पाँच जना गम्भीर घाइते भएका हुन् । जीपमा चालक सहित १४ जना सवार रहेका थिए । सबै सामान्य घाइते भए पनि पाँच जनाको अवस्था गम्भीर थियो ।

    गम्भीर घाइते हुनेहरुमा जीपका चालक दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका सरोज थापा, साकेला गाउँपालिका–२ रतन्छाका मनकुमार राई, रोजी राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सरिस्मा राई रहेका छ्न। घाइतेलाई अहिले  गाउँपालिकाको ‘हेल्लो डाक्टर’मार्फत प्राथमिक उपचार गरेर जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको छ ।

    गम्भीर घाइते बनेका पाँच जनामध्ये डाँडागाउँका सुमन थापा भने प्राथमिक उपचारपछि घर फर्किएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । रतन्छाकै चण्डीका राईलाई पनि ४ वर्षको बच्चा सहित जिल्ला अस्पताल लगिएको छ ।

    पञ्चमी–याङसोलाटार सडक खण्डमा ढुंगा खसेको र फुटाउने काम जारी रहेका कारण बैकल्पीक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जीप पल्टिएको हो। जीप सडकबाट करिब सय मिटर तल खसेको थियो।

    प्रकाशित मिति :श्रावण १४, २०८० आइतवार - ०९:३२:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको