अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि रमिलालाई एकेडेमीले गर्‍यो सम्मान

अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि रमिलालाई एकेडेमीले गर्‍यो सम्मान

रोदिक खबर

१९, श्रावण २०८०
  • 13.9K
    SHARES
  • अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि रमिलालाई एकेडेमीले गर्‍यो सम्मान

    खोटाङ। अन्तर्राष्ट्रिय मान्यता पाएकी तेक्वान्दो रेफ्रि रमिला खत्रीलाई मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीले सम्मान गरेको छ । पोखरा रुपा गाउँपालिका वडा नं ५ देउराली जन्म  भइ हाल काठमाडाै लैनचौर निवासीरमिला कास्कीबाट तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्रि रमिलालाई स्पोर्टस एकेडेमी कास्कीले  बधाई तथा सम्मान गरेको हो । खत्रीलाई रुपा गाउँपालिकाले पनि सम्मान गरेको छ ।
    आफ्नो पारिवारिक कामले पोखरा आएकी रमिलालाई पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका विच एकेडेमीले सम्मान गरेको हो ।  गण्डकी प्रदेश सहइन्चार्ज कृष्ण तिमिल्सिना, एकेडेमीका केन्द्रिय सदस्य तिलक बहादुर अधिकारी, केन्द्रिय सदस्य शान्तबहादुर बस्नेत, कास्कीका अध्यक्ष रामजी प्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुन बहादुर लामा, एकेडेमीका सचिव दिपक आचार्य, कोषाध्यक्ष विजय भुजेल लगायतले उनलाई स्वागत संगै सम्मान गरेका थिए ।

    सो अवसरमा इन्चार्ज तिमिल्सिनाले रमिलाको खेल जिवनको उच्च प्रशंसा गर्दै कास्कीबाट एक चेलीले अन्तर्राष्ट्रियस्तरको रेफ्रिको मान्यता पाउनु गौरवको विषय रहेको बताए । उनले भने–“रमिलाको खेल जिवनबाट सबैले सिक्ने अवसर प्राप्त हुनेछ । म उनको आगामी खेल जिवनको पूर्ण सफलताको कामना सहित हार्दिक बधाई दिन चाहन्छु ।”

    यसै गरी एकेडेमी कास्कीका अध्यक्ष अधिकारीले तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्रि बन्न सफल रमिलालाई बधाई दिंदै निकै चुनौतीका विच कास्कीले अन्तर्राष्ट्रिय रेफ्रि पाउनु आफैमा गौरवको विषय रहेको बताए ।

    प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - १९:४४:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको