डेंगी र आँखा पाक्ने रोगबाट बच्न सतर्कता अपनाउन गाउँपालिकाको आग्रह

डेंगी र आँखा पाक्ने रोगबाट बच्न सतर्कता अपनाउन गाउँपालिकाको आग्रह

रोदिक खबर

२२, श्रावण २०८०
  • 2.3K
    SHARES
  • डेंगी र आँखा पाक्ने रोगबाट बच्न सतर्कता अपनाउन गाउँपालिकाको आग्रह

    साकेला । खोटाङको साकेला गाउँपालिकाले महामारीको रुपमा फैलिएको डेंगी र आँखा पाक्ने रोगको नियन्त्रणका लागि सबै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पालिका अध्यक्ष रविप्रकाश राईको अध्यक्षतामा बसेको वैठकले अहिलेको प्रमुख स्वास्थ्य समस्या डेंगी र आँखा पाक्ने रोग भएकाले पालिकावासीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

    महामारी नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री तत्काल जुटाई व्यवस्थापन गर्न प्रत्येक टोल तथा विद्यालयमा अभियान सञ्चालन सुरु गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश चाम्लिङ राईले जानकारी दिए । 

    गाउँपालिका प्रमुख राईको अध्यक्षतामा बसेको वैठकले दुवै रोगको महामारी नियन्त्रणका लागि वडा सरकार, टोल विकास सुधार समिति, महिला स्वास्थ्य स्वयम सेविका, आमा समूह, स्वास्थ्यकर्मी, शिक्षक, वुद्धिजीवी, राजनैतिक नेतृत्वलाई परिचालन गर्ने निर्णय भएको छ । त्यस्तै, डेंगी रोग र आँखा पाक्ने रोग सम्बन्धी अभिमुखिकरण सञ्चालन गर्ने, आवश्यक औषधीको व्यवस्थापन र जगेडा गर्ने, आम जनचेतनाको लागि भिडियो सार्वजनिक गर्ने लगायतका निर्णय वैठकले गरेको छ ।

    त्यस्तै पालिकामा सञ्चालित सबै सामुदायिक विद्यालयको पठनपाठनमा वाधा नपर्ने गरि नियमित सञ्चालन गर्ने र संक्रमित विद्यार्थी भए घरैमा राखेर उपचार गराउने व्यवस्था गर्ने गरि निर्णय पारित गरिएको स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताइन् । स्वास्थ्य शाखा संयोजक ढकालका अनुसार वर्षादको समयमा यो रोग बढी देखा पर्छ । सामान्यतया २२ देखि ३४ डिग्रीको तापक्रममा डेंगी रोग फैलने स्वास्थ्यक्रमीहरुको भनाई छ । 

    प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - १८:५०:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको