• ट्रेण्डिङ:

१५ वटा विद्यालय भवन निमार्ण गर्दै हलेसी तुवाचुङ नगरपालिका

१५ वटा विद्यालय भवन निमार्ण गर्दै हलेसी तुवाचुङ नगरपालिका

रोदिक खबर

२२, श्रावण २०८०
  • 12.9K
    SHARES
  • १५ वटा विद्यालय भवन निमार्ण गर्दै हलेसी तुवाचुङ नगरपालिका

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले विद्यार्थीको पठनपाठनमा सहज बनाउँन नगरको बजेटमा १५ वटा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगर कार्यापालिकाको १०४ औं बैठकबाट यस आर्थिक बर्षमा नगरपालिकाले १५ वटा सामुदायक विद्यालय निर्माण गर्ने भएको हो ।

    विद्यार्थी अनुपात बढदै गएपछि पुराना भवन जीर्ण अवस्थामा पुगिसकेको भवन निर्माण गुणस्तरीय भवन निमार्ण नहुँदा विद्यार्थी पठनपाठनमा असहज भएको थियो । नयाँ भवन निर्माणबाट विद्यार्थीको पठनपाठनमा सहज बनाउने भएको छ ।

    यस्तै नगर भित्रका शिक्षाका नाममा कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था पनि गरेको छ । नगरकार्यपालिकाको बैठकबाट नगरपालिकाको प्रशासनिक भवन निर्माण प्रारम्भ गर्ने, नागरिकको प्रशासनिक सेवा प्रवाह गर्न ६ वटा वडा कार्यालय भवन निर्माण गर्ने, बृहत लिफ्टिङ खानेपानी भुम्जुको पानी सञ्चालन गर्न आयोजनाले व्यवस्थापन नगरेसम्मका लागि विधुत महसुलका लागि नगरपालिकाले बजेट व्यवस्था गर्ने, बृहत खानेपानी आयोजना अन्तरगत उपभोक्ताहरुले आफ्नो घरमा पानी लाने पाइप लाइन खन्नलाई निरन्तरता दिने र बाँकी रहेकोमा सुरुवात गर्ने गराउने साथै एसइइमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेर प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

    karya sampadan.jpg

    नगरसभाबाट पारित नीति कार्यक्रम कार्यान्वयनका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच कार्यसम्पादन सम्झौता समेत भएको नगरपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - १९:५४:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको