• ट्रेण्डिङ:

मौसमको न्यून चापीय रेखा नेपाल नजिक, यी स्थानमा भारी वर्षाको सम्भावना

मौसमको न्यून चापीय रेखा नेपाल नजिक, यी स्थानमा भारी वर्षाको सम्भावना

रोदिक खबर

२३, श्रावण २०८०
  • 9.4K
    SHARES
  • मौसमको न्यून चापीय रेखा नेपाल नजिक, यी स्थानमा भारी वर्षाको सम्भावना

    नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको उसले जानकारी दिएको छ।

    दिउँसो देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

    मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको उसको भनाइ छ। मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उसले बताएको छ।

    मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - ०९:२६:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको