शुक्रवार, भाद्र २६ गते २०८३

मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु, ६ बेपत्ता

मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु, ६ बेपत्ता

रोदिक खबर

२३, श्रावण २०८०
  • 9.7K
    SHARES
  • मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु, ६ बेपत्ता

    मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए ।

    पहिरोमा परी बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्यांतान, उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकटीका अन्धाजी १६/१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् ।

    बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - १०:५०:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको