'मेरो कथाको' बोलको म्युजिक भिडियो सार्वजनिक

'मेरो कथाको' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२७, श्रावण २०८०
  • 11.3K
    SHARES
  • 'मेरो कथाको' बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं - अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेती बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण 'मेरो कथाको' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा 'द भ्वाइस अफ नेपाल सिजन–३ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ।

    प्रेमिल शैलीको यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार रहेको छ। गीतमा संगीत र संगीत संयोजन वरिष्ठ संगीतकार रंजित गजमेरको रहेको छ। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

    भिमा लोहार निर्मात्री रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

    प्रकाशित मिति :श्रावण २७, २०८० शनिवार - १७:५९:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको